Aamsanchar

बेचन झा प्रहरी हिरासतमै रहने

Author Image
बिहिवार, साउन १०, २०८१

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाका तर्फबाट दायर बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन खारेज भएको छ।

हिरासतमा नराख्न माग गर्दै परेको रिटमाथि बिहीवार सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले रिट खारेज गरेको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले थाहाखबरलाई जानकारी दिए।

झा असार १४ गते पक्राउ परेका थिए। काठमाडौँ जिल्ला अदालतको अनुमतिमा प्रहरीले उनलाई संगठित अपराधमा अनुसन्धानका लागि हिरासतमा राखेको थियो।

झाका तर्फबाट छोरा दिव्यांशु शेखर झाले असार ३० गते बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए। रिट खारेजसँगै अब प्रहरीले ६० दिन हिरासतमा राखेर उनीमाथि अनुसन्धान गर्न पाउने भएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर