Aamsanchar

विराटनगरबाट ठुलो परिमाणको बेबारीसे गाँजा बरामद

Author Image
बिहिवार, साउन १०, २०८१

मोरङ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समुह  (PIT) र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले ठुलो परिमाणको बेवारिसे गाँजा बरामद छ । आज बिहान विराटनगर महानगरपालिका–११ बुद्द विहार मार्गमा बेवारिसे अवस्थामा रहेको BR 11PC 5016  नम्बरको गाडीलाई शंकालागि चेकजाँच गर्दा गाडी भित्र रहेको ५ वटा झोलामा १ सय ४५ किलोग्राम गाँजा बरामद गरेको हो । बरामद गाँजा र गाडीको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 16

प्रतिक्रिया (०)

सम्बन्धित खबर