Aamsanchar

 टिनको छानोबाट करेन्ट फैलिदा एक युवकको ज्यान गयो

Author Image
बिहिवार, साउन १०, २०८१

झापा । बुधबार – झापा जिल्लाको कचनकवल गाउँपालिकामा करेन्ट लागेर १५ वर्षीय किशोरको मृत्यु भएको छ।

बुधबार साँझ करिब १० बजे कचनकवल गाउँपालिका वडा नं ०४ केचनाका ललन साहका छोरा विशाल साहलाई करेन्ट लागेको थियो। विशाल साह आफ्नो घरको टिनको छानो भएको बराण्डामा पानीको धाराबाट आउने क्रममा अज्ञात कारणले विद्युत प्रवाह हुँदा अचेत अवस्थामा पुगेका थिए।

विशालको बुबाले उनलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र बनियानिमा लगे। स्वास्थ्य केन्द्रमा डाक्टरले जाँच पश्चात् विशाललाई मृत घोषित गरेका थिए।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर