Aamsanchar

दुई करोड रुपैयाँ बराबरको काजु, ज्वानो र विद्युतीय सामान बरामद

Author Image
बिहिवार, साउन १०, २०८१

काठमाण्डौ – पर्सा प्रहरीले झन्डै दुई करोड रुपैयाँ बराबरको अवैध रूपमा ल्याइएको काजु, ज्वानो र विद्युतीय सामान बरामद गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ चण्डाल चोकको सडक खण्डबाट ना ५ ख २९१२ र ना ३ ख ७७२७ नम्बरको ट्रकमा लोड गरिराखेको एक करोड ८२ लाख ६ हजार चार सय रुपैयाँ बराबरको काजु, ज्वानो र विद्युतीय सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बरामद गरिएका सामानको बिल नभएकोले राजस्व छलीको अनुमानमा राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 21

प्रतिक्रिया (०)

सम्बन्धित खबर