Aamsanchar

बिर्तामोड उद्योग वाणिज्य संघको विशिष्ठ सदस्यमा भट्टराई

Author Image
बिहिवार, साउन १०, २०८१

झापा । बिर्तामोड उद्योग वाणिज्य संघको विशिष्ठ सदस्यमा निर्मल भट्टराईलाई मनोनित गरिएको छ ।
संघको विधान २०७३ को परिच्छेद नंं. ३ को दफा ६.१ को उपदफा “घ” मा व्यवस्था भए अनुसार संघको कार्यकारिणी समितिको बिशिष्ठ सदस्यमा भट्टराईलाई मनोनयन गरिएको हो । विहीवार बसेको संघको कार्यसमितिको बैठकले निर्मल स्टोरका प्रोप्राइटर समेत रहेका भट्टराईलाई वाणिज्य संघको विशिष्ठ सदस्य पदमा मनोनित गरिएको संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए ।

बिर्तामोडका युवा व्यवसायी भट्टराई नेपाल अलैंची ब्यवसायी महासंघका केन्द्रीय अध्यक्ष हुन् । उनी एभरेष्ट लार्ज कार्डमम इन्ड्रिष्टिका अध्यक्ष समेत रहेका छन् । बिर्तामोड ५ निवासी भट्टराई विभिन्न सामाजिक संघ संस्थामा समेत क्रियाशील छन् । उनी लोकप्रिय युवा व्यवसायीका रुपमा चिनिन्छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)