दमक । पुराना लोक गायक लक्ष्मी प्रसाद जोशी (एल पी जोशी) को निधन भएको छ ।
झापा दमक १ निवासी गायक जोशीको अहिले ८: ३० बजे लाइफ लाइन अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

केही महिना अघि सम्म उमेरले ८५ कटेका गायक जोशी विभिन्न स्टेज, समारोहहरूमा सक्रिय उपस्थित हुदै आएका थिए ।
जोशीले गाएको वल्लो खोलो पल्लो खोलो, रिटिङ रिटिङ लगायत गीतहरू चर्चित रहेको छ ।
Views: 116


