Aamsanchar

कोसी प्रदेशमा माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिए

Author Image
शुक्रवार, साउन ११, २०८१

विराटनगर – कोसी प्रदेशमा नेकपा (माओवादी केन्द्र)का मन्त्रीहरूले राजीनामा दिएका छन् । शुक्रबार अपराह्न उनीहरूले मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष राजीनामा बुझाएका हुन् ।‌

माओवादीले सरकारलाई दिएको समर्थन भने तत्काल फिर्त नलिने भएको छ । ´तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिँदैनौँ,` संसदीय दलका नेता इन्द्र आङ्बोले भने ।

नेकपा (एमाले)नेतृत्वको सरकारमा माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार विकास, राजेन्द्र कार्की स्वास्थ्य र नारायण बहादुर मगर पर्यटन, वन तथा वातावरण मन्त्री थिए । यसैगरी बन्दना झागर पर्यटन राज्यमन्त्री थिइन् ।

केन्द्रमा कांग्रेस–एमालेको गठबन्धन बनेसँगै कोसीमा माओवादी सरकार छाड्नुपर्ने दबाबमा थियो । कोसीमा नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिमको सरकार छ ।‌

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 21

प्रतिक्रिया (०)

सम्बन्धित खबर