Aamsanchar

सुत्करीको ज्यान गएपछि अस्पतालको आइसियुमा तोडफोड

Author Image
शनिवार, साउन १२, २०८१

काभ्रे – बनेपामा रहेको शिर मेमोरियल अस्पतालको आइसियुमा तोडफोड भएको छ। अस्पतालमा उपचार गराइरहेकी एक सुत्करीको ज्यान गएपछि पीडितका आफन्तले आइसियुमा तोडफोड गरेका हुन्।

साउन ९ गतेदेखि बनेपा नपा ३ नालाकी ३२ वर्षीया इश्वरी सुन्दाश सुत्केरी गराउन अस्पतालमा भर्ना भएकी थिइन्। हिजो शुक्रबार दिउँसो उनले नर्मल डेलिभरीमार्फत छोरा पाएकी थिइन्। तर, सुत्केरी भएपछि उनको अवस्था गम्भीर बनेको थियो। रक्तश्राव धेर भएसँगै उनको पाठेघरको शल्यक्रियासमेत गरिएको थियो।

अप्रेसनपछि आइसियुमा राखेर उपचार भइरहेकोमा गएराती सवा ११ बजे उनका आफन्तहरूले आइसियुमा तोडफोड गरेका थिए। घटनाको केही समयपछि डक्टरहरुले ११:५५ बजे सुन्दाशलाई मृत घोषणा गरेका थिए। सुन्दाशको मृत्यु भएपछि पीडित पक्ष र अस्पतालबीच राती नै वार्ता भएको थियो। उक्त वार्तामा सहमति जुट्न नसकेपछि आज फेरि वार्ता हुने बताइएको छ। यसअघि केही दिनअघि मात्रै काभ्रेकै धुलिखेल अस्पतालमा सुत्केरी र नवजात शिशुको ज्यान गएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 62

प्रतिक्रिया (०)

सम्बन्धित खबर