Aamsanchar

३२ किलो ५०० ग्राम यार्सागुम्बा निकासी

Author Image
शनिवार, साउन १२, २०८१

मनाङ – मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा संकलन कार्य सम्पन्न भएको छ । उक्त क्षेत्रबाट ३२ किलो ५०० ग्राम यार्सागुम्बा निकासी भएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इकाई मनाङका प्रमुख ढकबहादुर भुजेलले असार मसान्तसम्ममा उक्त परिमाणको यार्सागुम्बा संकलन तथा निकासी भएको जानकारी दिए ।

उक्त परिमाणको यार्सागुम्बा निकासीबाट १६ लाख ५७ हजार ५०० राजस्व संकलन भएको उनले बताए । यार्सा निकासीका लागि प्रतिकिलो ५१ हजार कर लिने गरिएको छ ।

निकासी गरिएको कर ५१ हजारमध्येबाट १० हजार संरक्षण क्षेत्र व्यवस्थापन समिति तथा १० हजार स्थानीय तहलाई उपलब्ध गराइन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 62

प्रतिक्रिया (०)