Aamsanchar

एक महिनादेखि भोटखोलामा यातायात सेवा अवरुद्ध

Author Image
शनिवार, साउन १२, २०८१

सङ्खुवासभा – उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गतको सङ्खुवासभाको भोटखोला सडक एक महिनादेखि बन्द छ । असार पहिलो हप्ताको बाढी पहिरोले इकुवा खोलाको पक्की पुल बगाएपछि यातायात सेवा अवरुद्ध भएको हो । मकालु–३ र भोटखोला–४ को बीचमा रहेको इकुवा खोलाको पुलले दुबै गाउँपालिकालाई जोडेको थियो ।

पुल बगाउँदा चार करोड रुपैयाँको क्षति भएको उत्तर दक्षिण कोशी सडक आयोजनाले जनाएको छ । त्यो क्षेत्रमा यातायात सञ्चालन गर्न अझै केही समय लाग्ने आयोजनाको भनाइ छ । इकुवा खोलामा २०७९ सालमा पक्की पुल निर्माण गरिएको थियो । पक्की पुल बगाएपछि मकालु गाउँपालिका केही वडा र भोटखोला गाउँपालिका प्रभावित भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 19

प्रतिक्रिया (०)

सम्बन्धित खबर