Aamsanchar

झापामा घटित अपराधिक विषयबस्तु समेटिएको चलचित्र ‘सिआईबी’ निर्माण हुने

Author Image
शनिवार, साउन १२, २०८१

झापा- बिर्तामोडमा बिभिन्न लघु चलचित्र निर्माण गर्दै आएका राजन थापाको लगानीमा ‘सिआईबी’ नामको चलचित्र निर्माण हुने भएको छ । झापामा हुँदै आएको अपराध र त्यसको अनुसंधानसँग सम्बन्धित ‘सिआईबी’ नामको चलचित्र निर्माण हुने भएको हो । निर्माण पक्षले क्राइम इन बिर्तामोड नाम दिएर चलचित्रको छोटो नाम सिआईबी राखिएको जनाएको छ ।

पछिल्लो समयमा आर्थिक केन्द्रबिन्दुको हब बिर्तामोडमा लागू औषध लगायत बिभिन्न खालका अपराधको पनि केन्द्र बन्दै गएको छ । यहाँ हुने बिभिन्न अपराधमा प्रहरी प्रशासनले गरिरहेको अनुसंधान तथा प्राप्त गरेको सफलताको कथामा चलचित्र निर्माण हुन लागेको निर्माता थापाले बिर्तामोडमा पत्रकार सम्मेलन गरेर जानकारी दिए ।

चलचित्रको लेखन तथा निर्देशन रोहन राईले गरेका छन् । सहनिर्माण तीर्थ सिग्देल, चन्द्रकान्त ढकाल, सुरेन्द्र भण्डारी, डिपी रिजाल र उमेश चौधरीले गरेका छन् । कार्यकारी निर्माता पुजन प्रकाश ईङनाम रहेका छन भने मुख्य भूमिकामा रेजिना रणपहेली र बिवेक रिजाल रहेका छन् । उनीहरु दुबैजना सर्ट भिडियो प्लेटफर्म टिकटकबाट उदाएका हुन् ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी राष्ट्रिय अनुसंधान विभाग इलामका एसपी तुलसी प्रसाईँले समाज परिवर्तनका लागि चलचित्रमार्फत सकारात्मक सन्देश दिन सकिने धारणा राखेका थिए । यो चलचित्रले समाजमा भइरहेका अपराधका घटनामा कमी ल्याउने बिश्वास उनले व्यक्त गरे ।

कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, बासु दुलाल, तीर्थ सिग्देल लगायतले चलचित्रको बारेमा धारणा राखेका थिए । १० लाखको लगानीमा निर्माण हुने चलचित्र आगामी दशै अघि नै प्रदर्शनमा आउने थापाले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 85

प्रतिक्रिया (०)