Aamsanchar

 झापा टोस्मास्टर्सको अध्यक्षमा गोयल 

Author Image
आइतवार, साउन १३, २०८१

नव निर्वाचित अध्यक्ष मनोज गोयललाई व्याज लगाई दिदै निवर्तमान अध्यक्ष पुष्पाञ्जली सिंहा ।

बिर्तामोड । झापा टोस्मास्टरर्स क्लबको अध्यक्षमा मनोज गोयल सर्वसम्मत निर्वाचित भएका छन् ।
टोस्मास्टर्स इन्टरनेशनलको जिल्ला ४१ अन्तर्गत पर्ने झापा टोस्मास्टर्स क्लबको तेस्रो वार्षिक कार्यक्रम “सिम्फनी ३.०” सम्पन्न गरेर नयाँ कार्यसमिति पनि चयन गरिएको हो ।
हिजो शनिबार बिर्तामोडको एक होटलमा आयोजित वार्षिक सभाबाट  गोयलको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।

क्लवको शिक्षा उपाध्यक्षमा एकता वंशल, सदस्य उपाध्यक्ष रजत साहेवाला, जनसम्पर्क उपाध्यक्ष विनिता गोयल, क्लब सचिव टेकनाथ वाग्ले, कोषाध्यक्ष बुद्धि तिवारी, सार्जेन्ट एट आर्मस नविन  मित्तलललाई सर्वसम्वत चयन गरिएको निवर्तमान अध्यक्ष पुष्पाञ्जली सिंहाले जानकारी दिइन् ।

टोस्मास्टर्स इनटरनेशनल एक गैर–नाफामूलक शैक्षिक संस्था हो जसले सार्वजनिक बोल्ने र नेतृत्व कौशल सिकाउँछ । यसै सन्दर्भमा क्लबका चार्टर अध्यक्ष  विनिता गोयलले ६ जना नयाँ सदस्यलाई पदस्थापन गरेकी छन् ।
क्षेत्रीय निर्देशक डा. सन्ध्या राठीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि राठीले प्रेरणादायी मन्तव्य राखेकी थिइन ।

कार्यक्रममा वार्षिक पुरस्कार वितरण, विशेष प्रस्तुति, लक्की ड्र, सरप्राइज उपहार, र स्वादिष्ट हाइटी पनि समावेश थियो ।  निवर्तमान अध्यक्ष पुष्पाञ्जली सिन्हाले प्रतिष्ठित गोल्डेन गेभेल र हलअफ फेम अवार्डहरूबाट हालैको मान्यतालाई हाइलाइट गर्दै क्लबको चार्टरदेखि निरन्तर उत्कृष्ट प्रदर्शनको प्रशंसा गरेकी थिइन ।

क्लब सदस्यहरूको व्यक्तिगत विकास र क्लबको समग्र गुणस्तर र सदस्यहरूको अनुभव सुधार्न विभिन्न कार्यशालाहरू, तालिम सत्रहरू, र विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने नव निर्वाचित अध्यक्ष गोयलले प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपालको पहिलो टोस्टमास्टर्स क्लब, काठमाडौँ टोस्टमास्टर्स क्लब सन् १९९१ मा चार्टर भएको थियो । हाल नेपालभर ६० भन्दा बढी क्लबहरू छन्, जसमा १ हजार बढी सदस्यहरू रहेको, क्लबको उद्देश्य उत्कृष्ट सञ्चारकर्ता र मार्गदर्शक बन्न मार्ग प्रसस्त गर्ने बताईएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)