Aamsanchar

सुनचाँदीको भाउ

Author Image
सोमवार, साउन १४, २०८१

काठमाण्डौ – आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज चार सय रुपैयाँले बढेर तोलाको एक लाख ४६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ४५ हजार सात सय रुपैयाँ रहेको थियो । केही दिनयता सुनको भाउमा उतारचढाव भइरहेको छ ।

यस्तै चाँदीको भाउ आज १० रुपैयाँले बढेको छ । हिजो तोलाको एक हजार सात सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

 

Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ वृद्धि
आइतवार, पौष २७, २०८२