Aamsanchar

स्थानीयले बिर्तामोड टाटा सोरुम देखि महानन्द चोक सम्म शनिश्चरे रोड बन्द गरे 

Author Image
मङ्गलवार, साउन १५, २०८१

बिर्तामोड । झापाको बिर्तामोड स्थित शनिश्चरे रोड टाटा सोरुम देखि महानन्द चोक सम्मको मुख्य बाटो स्थानीयवासीहरूले अवरुद्ध गरेका छन् ।
आज मङ्गलबार बिहान ११ बजेर ३० मिनेटमा स्थानीयबासीले शनिश्चरे रोडको करिव ५ सय मिटर क्षेत्र भित्र बास लगायत विभिन्न बस्तुहरू राखेर सडक अवरुद्ध पारेका हुन । 

सङ्घीय सरकार अन्तरगतको बजेटमा ठेक्का लागेको उक्त सडक पुन निर्माणको कार्य गर्न निर्माण पक्षले ढिलासुस्ती गरेरका कारण आवागमनमा समस्या पैदा भएको र सडक निर्माणकार्य द्रुत गतिका अगाडिबढाउन दवाव सृजना गर्ने उद्देश्यले सडक बन्द गरिएको स्थानीय  बिक्रमराज भण्डारीले बताए । 

केही मुखपत्र सञ्चार माध्यममहरूले  प्रायोजित रुपमा टाटा स्वरुप बाट शनिश्चरे सम्म कालोपत्रे गरेको भनी झुटा समाचार समेत प्रसारण गरेको भन्दै जनताको भावनामाथि खेलवाड गर्ने छुट कसैलाई पनि छैन भन्दै स्थानीय राजेश पौडेलले आक्रोश व्यक्त गरेका छन् ।  सडक अवरुद्ध गर्नको लागि स्थानीय १५ जना युवाहरू सडकमै तैनाथ रहेका छन् । हाल सडक आवद्ध लाई समर्थन गर्दै सडकमा स्थानीयको उपस्थिति बाक्लिदै गएको छ ।  

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 63

प्रतिक्रिया (०)