Aamsanchar

माओवादीले आगामी निर्वाचनमा एक्लै लड्ने

Author Image
मङ्गलवार, साउन १५, २०८१

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) ले प्रमुख प्रतिपक्षको भूमिकालाई सशक्त बनाउने निर्णय गरेको छ।

मंगलवारको पदाधिकारी बैठकपछि पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको बैठकले सो निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए।

उनले ५ दिनदेखि गम्भीररूपमा छलफल भएको र प्रमुख प्रतिपक्षको भूमिकालाई सशक्तरूपमा निर्वाह गर्ने, सदनलाई प्रभावकारी बनाउने निर्णष भएको जानकारी दिए।

उनले जनताका जल्दाबल्दा समस्या र पार्टी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले ल्याएको सामाजिक न्यायसहितको सुशासन, समृद्धिका सवाललाई अझ खोज अनुसन्धानसहित गम्भीरतापूर्वक उठाउने र भ्रष्टाचारविरोधी अभियान अघि बढाउन सरकारलाई दबाब दिने निर्णय भएको बताए। उनले आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने गरी तयारी गर्ने निर्णय भएको पनि बताए।

उनले भने, ‘प्रमुख प्रतिपक्षको भूमिकालाई सशक्तरूपमा निर्वाह गर्ने, सदनलाई प्रभावकारी बनाउने, हाम्रो संख्या कम छ र पनि गुणात्मक बनाउने, देश र जनताका जल्दाबल्दा समस्या र पहिला हाम्रो सरकारले शुरु गरेका सामाजिक न्यायसहितको सुशासन, समृद्धिका सवाललाई अझ खोज अनुसन्धानसहित गम्भीरतापूर्वक उठाउने र ति भ्रष्टाचारविरोधी अभियान अघि बढाउन सरकारलाई दबाब दिने निर्णय भएको छ।`

´आगामी निर्वाचनमा एक्लै चुनाव लड्नेगरी तयारी गर्ने, जसले हाम्रा विचार, राजनीतिक कार्यदिशा, दृष्टिकोण जनतामा सोझै पुग्न सकियोस्। यो जनतामा जाने सुवर्ण अवसर पनि हो। बृहत वामपन्थी एकीकरणलाई संयुक्त मोर्चालाई विस्तार गर्दै लैजान्छौँ। कम्युनिष्ट पार्टीको पुनःगठन निश्चित हुन्छ’, उनले थपे।

उनले बृहत वामपन्थी एकीकरणलाई संयुक्त मोर्चाबाट विस्तार गर्दै जाने र कम्युनिष्ट पार्टीको पुनःगठन निश्चित गर्ने पनि बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)