Aamsanchar

नेपालका प्रिन्स दाहाल आफ्नो अन्तिम खेलमा पनि पराजित

Author Image
बुधवार, साउन १६, २०८१

काठमाडौं – नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक( २०२४ को ब्याडमिन्टनतर्फ आफ्नो अन्तिम खेलमा पनि पराजित भएका छन्।

पुरुष एकलतर्फ समूह ‘पी’को आफ्नो अन्तिम खेलमा बुधबार प्रिन्स इजरायलका मिसा गिल्बरम्यानसँग २-० को सोझो सेटमा पराजित भएका हुन्। पहिलो सेटमा १२-२१ ले पराजित भएका प्रिन्स दोस्रो सेटमा पनि १०-२१ ले पराजित भए।

त्यसअघि प्रिन्स पहिलो खेलमा भिक्टर एक्सल्सनसँग २-० को सोझो सेटमा पराजित भएका थिए। दोस्रो खेलमा आयरल्यान्डका हात गुएनले प्रिन्सलाई २१-७ र २१-५ को सोझो सेटमा पराजित गरेका थिए।

 

प्रिन्सले युनिभर्सालिटी कोटाबाट ओलम्पिकमा आफ्नो स्थान पक्का गरेका थिए।

पेरिस ओलम्पिकमा सहभागी टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठ प्रधान र पौडीका डुवाना लामा र एलेक्सजेन्डर शाह प्रतियोगीताबाट बाहिरिसकेका छन्।

अब नेपालबाट सन्तोषी श्रेष्ठको प्रतिस्पर्धामात्र बाँकी छ। उनले म्याराथनमा प्रतिस्पर्धा गर्नेछिन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर