Aamsanchar

तीन पहिचानवादी पार्टी एकीकरण

Author Image
बिहिवार, साउन १७, २०८१

बिर्तामोड ।  पहिचानवादी तीन वटा दलहरू एकीकरण गरेर नयाँ दल दर्ता भएको छ । निर्वाचन आयोगमा दर्ता नम्बर ९९ मा दर्ता भएको नेपाल जनमुक्ति पार्टी राष्ट्रिय जनमुक्ति पार्टी, सङ्घीय लिम्बुवान पार्टी नेपाल र लिम्बुवान राष्ट्रिय समिति ९लोसपा० बीच ६ बुँदे सहमतिपछि पार्टीको नाम नेपाल जनमुक्ति पार्टी भएर दर्ता भएको हो ।

पार्टीको प्रदेश कमिटी किरात लिम्बुवान, खम्बुवान प्रदेश परिषदको आयोजनामा हिजो (बुधवार) झापाको बिर्तामोडमा तीन साना दलबीच एकीकरणपछि नेपाल जनमुक्ति पार्टी र उक्त पार्टीको नेतृत्व सार्वजनिक गरिएको छ ।
एकीकरणसँगै पार्टी नेतृत्व ६९ सदस्य रहेको छ । जसमा केन्द्रिय अध्यक्षमा बरिष्ठ नेता केपी पालुङ्वा, कार्यकारी अध्यक्षमा केशव सूर्यवंशी, उपाध्यक्षमा भक्त खेवाङ, संरक्षकमा एम।एस। थापा, संस्थापक सदस्य रामबहादुर तुम्बाहाङफे,  वरिष्ठ नेता डि।के। बुद्धिस्ट, पार्टी नेता सन्जुहाङ पालुङ्वा, उपमहासचिमा लासिम पालुङ्वा, सचिवमा एलबी पालुङ्वा रहेका छन् ।
त्यसैगरी राजकुमार नाल्वो, भीम खत्री, दिनेस माबो, साधना फागो, इन्दीरा धौराली, मकल सांबा, उमा मगर, आशा लिम्बू, सुकमाया लिम्बू रहेका छन् भने तत्कालीन राष्ट्रिय जनमुक्ति पार्टीका सबै पदाधिकारी र सदस्यहरूको जिम्मेवारी यथावत रहेको सचिव एलबी पालुङ्वाले जानकारी दिए ।

बहुजातीय लोकतान्त्रिक समाजवाद र संघीय गणतान्त्रिक वहुलराष्ट्रिय राज्य नेपाल स्थापना गर्न बहुलराष्ट्रिय विद्रोह मार्फत जातीय÷राष्ट्रियमुक्ति क्रान्ति सम्पन्न गर्न सहमत भएर २०७९ फागुन २७ गते राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बुवान पार्टी नेपाल, र लिम्बुवान राष्ट्रिय समिति ९लोसपा० वीच ६ बुँदे र २०८० मंसिर १९ गते ३ बुँदे सहमति भएर पार्टी एकता घोषणा भएको अध्यक्ष केपी पालुङ्वाले बताए ।
उनका अनुसार उक्त सहमतिलाई मिति २०८१ बैशाख २९ र ३० गते सम्पन्न राष्ट्रिय जनमुक्ति पार्टीको विधान महाधिवेशनले अनुमोदन गर्दै २०८१ जेठ २९ गते निर्वाचन आयोगबाट अद्यावधि भएपछि पार्टीको नाम संशोधन भई नेपाल जनमुक्ति पार्टी भएको छ । आगामी पार्टीको सम्पूर्ण गतिविधिहरू नेपाल जनमुक्ति पार्टीको नामबाट हुनेसमेत उनले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका उपाध्यक्ष भक्त खेवाङले नेपाल जनमुक्ति पार्टी पहिचानबादी पार्टी भएको दावी गरे । पार्टी नेता सन्जुहाङ पालुङ्वाले वर्तमान सरकार अप्राकृतिक गठबन्धन भएको बताएका छन् । उनले निरंकुशताको संकेत गर्दै भने ‘अव निरंकुशतामा फर्किन्छ, त्रास भयो ।’

पार्टीका सचिव एलबी पालुङ्वाले सत्ताधारी राजनीतिक पार्टीहरूले कोशी नामाङुकन खारेजी आन्दोलनलाई ब्यवस्था गरे मुलुक राष्ट्रिय मुक्ति र क्रान्तितिर अघि बढ्ने बताए । उनले पहिचानवादी आन्दोलनलाई दबाउन खोजे पहिचानवादी शक्तिहरू एकताबद्ध भएर मोर्चा र ध्रुवीकरण गरेर अगाडि बढ्ने सङ्केतसमेत गरे ।

‘संविधान मान्ने कोही छैनन’ नेता पालुङ्वाले भने ‘संविधान पुर्नर लेखन हुनुपर्छ भन्ने पक्षमा संबिधानमा उल्लेख भएको पहिचानलाई संरक्षण गर्ने कुरा संसोधन गर्दुपर्छ ।’

भ्रष्ट्राचार, गैरकानुनी, मानव तस्कर, घुसखोर, तथा सार्वजनिक जग्गा र सम्पत्ती हड्प्ने कार्यमा सत्ताधारी पार्टीका नेताहरुको संलग्नता र सत्ताको दुरुपयोग भइरहेकोले सरकारले उचित छानविन गरी कारवाही गर्नुको सट्टा प्रश्रय र पुरस्कृत गर्दै आएको पार्टीको बुझाई रहेको छ । नेपाल जनमुक्ति पार्टी पहिचान मुखी पार्टी भएको बताइएको छ । पार्टीका प्रदेश अध्यक्ष पर्शुराम मगरको अध्यक्षतामा भएको कार्यक्रममा बिज्ञप्ती बाचन केन्द्रिय उपमहासचिव बिष्णु थाम्देन र सञ्चालन पार्टीका प्रदेश सचिव कृष्ण थेवेले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 98

प्रतिक्रिया (०)