Aamsanchar

लेबनानमा रहेका नेपालीलाई सचेतना अपनाउन आग्रह

Author Image
बिहिवार, साउन १७, २०८१

काठमाण्डौ – लेबनानमा रहेका नेपालीलाई आवश्यक सचेतना तथा सतर्कता अपनाउन नेपाली दूतावासले आग्रह गरेको छ । लेबनानसमेत हेर्ने इजिप्टको कायरोमा रहेको नेपाली दूतावासले लेबनानको विकसित घटनाका कारण सतर्कता अपनाउन भनेको हो ।

लेबनानमा रहेका नेपालीलाई सहायताका निम्ति नेपाली दूतावास कायरो र बेरुतमा रहेको अवैतनिक नेपाली वाणिज्य दूतावासमा सम्पर्क गर्न पनि दूतावासले अनुरोध गरेको छ । लेबनानमा रहेका नेपालीको सूची अद्यावधिक गर्ने प्रयोजनका निम्ति दूतावासको वेबसाइटमा रहेको लिङ्क मार्फत आवश्यक विवरण उपलब्ध गराइदिन पनि आग्रह गरिएको छ ।

लेबनानमा पछिल्लो समय इजरायलको आक्रमणमा हिजबुल्लाहका कमान्डर फुआद शुक्र मारिएपछि तनाव बढेको छ ।

Views: 27

प्रतिक्रिया (०)

सम्बन्धित खबर