Aamsanchar

काठमाण्डौमा सहकारी पीडितले प्रदर्शन गरे मानव साङ्लो

Author Image
बिहिवार, साउन १७, २०८१

काठमाण्डौ – सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासङ्घ) ले आज काठमाण्डौमा मानव साङ्लो प्रदर्शन गरेको छ ।

 

पीडितका समस्या समाधान गर्न पटक–पटक सहमति भएको भए पनि कार्यान्वयन नगरेको भन्दै अभियानले काठमाण्डौको रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी पीडितहरूले मुखमा मास्क र कालो टेप लगाएर विरोध जनाएका छन् । सरकारसँग भएको सम्झौता कार्यान्वयनका लागि उनीहरूले बारम्बार आन्दोलन गर्दै आएका छन् । सरकार संवेदनशील नभएको उनीहरूको भनाइ छ ।

 

उनीहरूले सहकारीको पैसा फिर्ता गर, घरमा पैसा राख्ने ठाउँ नभएर सहकारीमा राखेको हैन, हामीसँग कर लिने, हाम्रो बचतको सुरक्षा खोइ रु लगायतका नारा लगाई मानवसाङ्लो बनाएर प्रदर्शन गरेका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 65

प्रतिक्रिया (०)

सम्बन्धित खबर