Aamsanchar

अरिङ्गालले टोकेर ३५ वर्षीय युवककाे मृ*त्यु

Author Image
शुक्रवार, साउन १८, २०८१

गुल्मी – गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ ।

रूरूक्षेत्र गाउँपालिका वडा नम्बर– २ यादुङका ३५ वर्षीय हरि कुँवरको अरिङ्गालले टोकेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताए ।बिहीबार बेलुकी सालको रुखमा अरिङ्गाल पोल्ने क्रममा उनलाई अरिङ्गालले शरीरको विभिन्न भागमा टोकेको थियो । उनको उपचारको क्रममा पाल्पा मिसन अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 65

प्रतिक्रिया (०)

सम्बन्धित खबर