Aamsanchar

कमला ह्यारिस अमेरिकी राष्ट्रपति पदको उम्मेदवार चयन

Author Image
शनिवार, साउन १९, २०८१

अमेरिकाको डेमोक्रेटिक पार्टीले उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति पदको उम्मेदवार चयन गरेको छ । यस अघि पार्टीका नेताहरुले समर्थन गर्दै आएकामा डेमोक्रेटिक नेसन कमिटी (डीएनसी)ले औपचारिक रुपमा आउँदो चुनावका लागि दलको तर्फबाट उम्मेदवार चयन गरेको बीबीसीले जनाएको छ ।

भर्चुअल मतदानमा उपराष्ट्रपति ह्यारिसले पार्टीको तर्फबाट उम्मेदवारी प्राप्त गर्न आवश्यक सीमा पार गरेपछि डीएनसीले औपचारिक रुपमा उम्मेदवार घोषणा गरेको हो । ह्यारिस अमेरिकामा मुख्य दलको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार बन्ने पहिलो अश्वेत र पहिलो दक्षिण एसियाली मुलकी महिला बन्नुभएको छ ।

आउँदो नोभेम्बरमा हुने चुनावमा पूर्व राष्ट्रपती डोनाल्ड ट्रम्पलाई पराजित गर्न सकेमा उहाँ अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्नुहुनेछ । यसैबीच ह्यारिस उम्मेदवार बनेपछि उहाँको चुनावी प्रचारका लागि चन्दा दिने क्रम पनि बढेको छ ।

अहिलेसम्म ट्रम्पको चुनावी अभियान बैंक खातामा ३२ करोड ७० लाख अमेरिकी डलर चन्दा जम्मा हुँदा ह्यारिसको चुनावी अभियान खातामा ५४ करोड डलर जम्मा भएको छ । जसमध्ये १२ करोड राष्ट्रपति बाइडेनले उम्मेदवार त्याग्नु अघिको हो भने बाँकी बाइडेनले प्रतिस्पर्धा छाडेपछिको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर