Aamsanchar

बिर्तामोडमा नेवार समुदायको छन्हुया अन्तरक्रिया ज्याइव: सम्पन्न

Author Image
शनिवार, साउन १९, २०८१

बिर्तामोड । नेवार समुदायको संस्कृति संरक्षण र उत्थानका लागि  नेपाल  भारतका नेवार समुदायले बिर्तामोडमा अन्तरक्रिया गरेका छन् ।
नेवाः दय्  दबूको पाचौँ केन्द्रिय समितिको बैठक तथा एक दिने अन्तराष्ट्रिय तथा विचार गोष्ठी बिर्तामोडमा आज शनिबार गरिएको हो । बैठक भोलि आइतबार गर्ने बताइएको छ ।

अखिल भारतीय नेवार सङ्गठन र नेवाः देय् दबूको केन्द्रिय समितिको संयुक्त आयोजनामा भएको अन्तरक्रियामा भारत तथा नेपालका नेवार समुदायको बाक्लो उपस्थिति रहेको थियो ।

नेवाः देय् दबूका केन्द्रिय अध्यक्ष पवित्र ब्रजर्चायको अध्यक्षतामा भएको उद्‌घाटन कार्यक्रममा अखिल भारतीय नेवा सङ्गठनका अध्यक्ष सूर्यनारायण प्रधानको आतिथ्य रहेको थियो ।
स्वागत नेवाः देय् दबूका अन्तराष्ट्रिय विभाग प्रमुख दिनेश शाक्यले गरेको कार्यक्रमको सञ्चालन नेवाः देय् दबूका केन्द्रिय महासचिव सत्यनारायण डङ्गोलले गरेका थिए ।

कार्यक्रममा नेपाल र भारतमा रहेका नेवार समुदायको बिषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो । नेपालको तर्फबाट उमेश स्थापितले कार्यपत्र प्रस्तुत गरेका थिए भने भारतको तर्फबाट अखिल भारतीय नेवा सङ्गठनका महासचिव श्याम प्रधानले प्रस्तुत गरेका थिए ।

कार्यपत्रमा नेवार समुदायको सङ्गठनको अवस्था र साङ्गठनिक गतिविधिको जानकारी गराइएको थियो ।

नेवाः देय् दबू झापा जिल्ला, नेवाः देय् दबू बिर्तामोड र पासा मुना पुचको संयुक्त व्यवस्थापनमा २ दिवसीय कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक तथा नेवाः देय् दबू झापाकी वरिष्ठ उपाध्यक्ष तिलरुपा श्रेष्ठले जानकारी दिइन ।

भारत र नेपालमा रहेका नेवार समुदायको सङ्गठन बिस्तार तथा सांगठनीक समन्वयको बिषयमा आइतबार दुवै देशका नेतृत्व तहमा वृहत छलफल हुने नेवाः देय् दबूका प्रदेश सदस्य तथा विचार गोष्ठी आयोजनाका कोषाध्यक्ष ओमप्रकाश श्रेष्ठले बताए ।

भिडियो पनि हेर्नुहोस् । 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 34

प्रतिक्रिया (०)