Aamsanchar

आसाममा टाटाको सेमीकन्डक्टर प्लान्ट स्थापना हुने

Author Image
आइतवार, साउन २०, २०८१

भारत आसामको मोरिगाउँमा टाटाको सेमीकन्डक्टर प्लान्ट स्थापना हुने भएको छ । सेमीकन्डक्टर जसलाई चिप्स पनि भनिन्छ । कम्प्यूटर, मोबाइल, टिभी, कारजस्ता हरेक इलेक्ट्रोनिक उपकरणमा सेमिकन्डक्टर प्रयोग गरिन्छ । आसाममा स्थापना हुने प्लान्ट २७ हजार करोडको लगानी हुनेछ ।

उद्योग स्थापनाको घोषणा गर्दै टाटा समूहका अध्यक्ष एन चन्द्रशेखरनले सेमीकन्डक्टर उद्योग भविष्यको लागि आधारभूत आवश्यकता भएको र चिप मानिसका आफ्नो दैनिक जीवनको हिस्सा भएको बताउनुभयो । उहाँले उद्योग अर्को वर्षभित्र सञ्चालनमा आउनेसमेत जानकारी दिएको समाचार संस्था एएनआईले जनाएको छ ।

यसबाट २७ हजार जना मानिस जसमा १५ हजार प्रत्यक्ष र थप १२ हजारले अप्रत्यक्ष रोजगारी पाउने अध्यक्ष चन्द्रशेखरनले बताउनुभएको छ । भारतको केन्द्रीय सूचनाप्रबिधि मन्त्री अश्विनी वैष्णवले यो प्लान्ट निक्कै ठूलो हुने र प्रति दिन झन्डै चार करोड ८३ लाख चिप्स उत्पादन गर्ने बताउनुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर