काठमाण्डौ – भारत र श्रीलङ्काबिचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ । तीन खेलको शृङ्खलाअन्तर्गत दोस्रो एकदिवसीय खेल कोलम्बोमा रहेको आर प्रेमदासा मैदानमा नेपाली समय अनुसार दिउँसो पौने तीन बजे शुरु हुनेछ ।
यसअघि अस्ति शुक्रवार भएको पहिलो खेल बराबरीमा सकिएको थियो । श्रीलङ्काले दिएको दुई सय ३१ रनको लक्ष्य पछ्याएको भारत ४७ ओभर पाँच बलमा दुई सय ३० रनमा अलआउट हुँदा बराबरी भएको हो ।
शृङ्खलाको तेस्रो तथा अन्तिम खेल आउँदो बुधवार हुनेछ । एकदिवसीय शृङ्खलाअघि दुई देशबीच भएको तीन खेलको टी–२० शृङ्खला भारतले क्लिनस्विप गरेको थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 68