Aamsanchar

एकै वर्षमा फल्यो अर्नाकोटमा लगाएको स्याउ

Author Image
आइतवार, साउन २०, २०८१

बाग्लुङ – निसीखोला गाउँपालिका–२ अर्नाकोटमा लगाएको एकै वर्षमा स्याउ फलेपछि किसान उत्साहित भएका छन् । समुद्री सतहबाट झन्डै दुई हजार मिटर उचाइमा रहेको अर्नाकोटमा तीन वर्ष अगाडि परीक्षणका लागि लगाइएको स्याउमा एक वर्षमै फल लागेपछि स्थानीयबासिन्दाले अहिले व्यवसायिक स्याउखेती गर्न थालेका छन् ।

२०७८ सालमा गाउँका अगुवा किसानले परीक्षणका लागि स्याउखेती शुरु गरेका थिए । पोखराबाट इटिलियन गालाफुजी जातका बिरुवा ल्याएर लगाएको एक वर्षमा नै फल लागेको हो । अहिले अरू किसान पनि स्याउ खेतीमा आकर्षित भएका छन् ।

पहिलो वर्ष ६०, दोस्रो वर्ष थप ९० र यस वर्ष निसीखोला गाउँपालिकाबाट ५० प्रतिशत अनुदानमा सात सय बिरुवा लगाएको अगुवा किसान चेतबहादुर कुँवरले बताउनुभयो । उहाँका अनुसार यसअघि लगाएका बोटमा स्याउ राम्रै फलेको छ ।

आफूले पहिलो वर्ष २२ वटा स्याउका बिरुवा लगाएको र अहिले थप बढाएको अर्का किसान दुर्गाबहादुर ओलीले बताउनुभयो । ुखानेपानी नै नभएको ठाउँमा स्याउ लगायौँ, सिँचाइको राम्रो व्यवस्था हुने हो भने व्यवसायिक रूपमा उत्पादन गर्न सकिन्छ,ु उहाँले भन्नुभयो ।

निसीखोला गाउँपालिकाका कृषि प्राविधिक तारा परियारले स्याउखेतीतर्फ किसानको चासो बढेपछि इटालियन जातको स्याउका बिरुवा जुम्लाबाट ल्याएर बितरण गरेको बताउनुभयो । गाउँपालिकाले चार लाख ११ हजार दुई सय ५० मा बिरुवा खरिद गरी ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराएको छ । अहिले अर्नाकोटमा किसानले झन्डै ४० रोपनी क्षेत्रफलमा स्याउका बिरुवा लगाएका गाउँपालिकाका कृषि प्राविधिक परियारले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर