Aamsanchar

अकबरे खुसार्नी खेतीबाट लाखौं आम्दानी गर्दै ईलामका खड्गबहादुर

Author Image
आइतवार, साउन २०, २०८१

इलाम – माङसेबुङ गाउँपालिका–२ का खड्गबहादुर कार्कीले अकबरे खुसार्नी खेतीबाट राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । यसअघि मलेसिया पुगेका उहाँले फर्केर दुई वर्षअघि ´बताहा कृषि तथा नर्सरी फार्म` दर्ता गरी व्यवसायिक रूपमा अकबरे खुसार्नीको खेती शुरु गर्नुभएको हो ।

त्यसपछि गएको वर्ष तीन लाख रुपैयाँभन्दा धेरै आम्दानी गर्नुभयो । एक हजार बोटबाट ११ क्विन्टल अकबरे खुसार्नी उत्पादन भएको उहाँको भनाइ छ । पहिलो वर्ष नै राम्रो आम्दानी भएपछि उहाँले खेती बिस्तार गर्नुभएको छ । दुई सय ५० देखि तीन सय रुपैयाँसम्ममा बारीबाटै खुसार्नी बिक्री हुने गरेको उद्यमी किसान कार्की बताउनुहुन्छ ।

यो वर्ष उहाँले पाँच हजार बोट अकबरे खुसार्नी रोप्नुभएको छ । बजारको समस्या नभएकाले आफ्नै चार तथा छिमेकीको चार रोपनी जग्गा भाडामा लिएर आठ रोपनी क्षेत्रमा खेती बिस्तार गरेको उहाँ बताउनुहुन्छ ।

माङसेबुङमा उत्पादन भएको अकबरे खुसार्नी इलाम बजारसहित झापाको दमक र सुनसरीको इटहरीसम्मका व्यापारीले लैजाने गरेका छन् । उहाँले अबकरे खुसार्नीका साथै गोलभेँडा, भण्टा, बन्दाकोभी, प्याजखेती तथा एभोकाडो र कफीका बिरुवा पनि उत्पादन गर्दै आउनुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर