Aamsanchar

कनकाई नगरका जनप्रतिनिधिलाई न्याय मेलमिलाप सम्बन्धि पूनर्ताजगी तालिम

Author Image
सोमवार, साउन २१, २०८१

झापा- झापाको कनकाई नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा न्याय मेलमिलाप समितिमा सुचिकृत सदस्यहरुका लागि एक दिने कार्यसम्पादन सम्बन्धी पूनर्ताजगी प्रदान गरिएको छ ।

कनकाई नगरपालिकाको न्यायिक समितिको आयोजनामा आयोजित कार्यक्रममा न्याय सम्पादनलाई कसरी छिटो छरितो गर्ने र हाल देशमा रहेका विद्यमान न्याय सम्बन्धी व्यवस्था र कानुनी लडाई प्रक्रियाका बारेमा सहभागिलाई पुर्नताजगी गराइएको कनकाई नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समितिकी संयोजक आशाशर्मा शिवाकोटीले बताउनुभयो ।

तालिकमको सहजीकरण झापा जिल्ला न्यायाधीश अशोककुमार बस्नेत, झापा बार एसोसिएसनका अध्यक्ष नारायण भट्टराईले नगर तथा वडामा हुने गरेको न्याय तथा मेलमिलाप कार्यसम्पादनका वारेमा सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा सहभागी कनकाई नगरपालिका ३ का वडाध्यक्ष युवराज चौलागाईंले तालिमबाट सिकेका ज्ञानशीपले वडामा न्याय सम्पादनमा सहयोग पुगेको बताउनुभयो ।

तालिममा कानुनमा रहेका विद्यमान अवस्था, घरेलु हिंसा, हिसांका प्रकार, कानुनी उपचार विधि प्रक्रिया र निशुल्क कानुनी सहायता लगायातका विषयमा जनप्रतिनिधि, कर्मचारी र न्यायिक समितिका सदस्यहरुलाई प्रशिक्षण प्रदान गरिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 30

प्रतिक्रिया (०)

सम्बन्धित खबर