Aamsanchar

अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दाका फरार, विर्तामोड बस्ने प्रतिवादी पक्राउ

Author Image
सोमवार, साउन २१, २०८१

झापा । अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी विर्तामोड नगरपालिका–५ डेरा गरी बस्ने ललितपुर महालक्ष्मी नगरपालिका(६ घर भएका ३४ वर्षीय मधुकर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दामा फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय इटहरी सुनसरीको समन्वयमा सुनसरी इटहरी एरियाबाट पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत झापाबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 90

प्रतिक्रिया (०)

सम्बन्धित खबर