गुल्मी । गुल्मीको मुसीकोट नगरपालिका वडा नम्बर–१ बिसौनामा पहिरोले दुई घर पुरिँदा चार जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताए ।

पहिरोमा पुरिएर ४८ वर्षका गोरे बिक, ६७ वर्षका हुकुम बिक, साढे दुई वर्षकी रियन्सा बिक र ६६ वर्षकी मसुरी विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।पहिरोमा पुरिएका मुना बिक र विष्णु विकलाई स्थानीयले उद्धार गरेर उपचारका लागि स्वास्थ्य चौकीमा पठाएका छन् ।

मङ्गलबार बिहान घर माथिबाट खसेको लेदो सहितको पहिरोले विष्णु बिक र हुकुम विकको घर पुरिएको थियो । रातिदेखि गुल्मीमा वर्षात् भइरहेको छ ।
Views: 29

