Aamsanchar

काठमाडौं–ललितपुर जोड्ने पुलमुनि तीन वटा कुकुर अलपत्र

Author Image
मङ्गलवार, साउन २२, २०८१

काठमाडौं –मनसुन पुनः सक्रिय हुँदा वर्षासँगै नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढेको छ । काठमाडौं उपत्यकाका नदीतटीय क्षेत्रमा ‘अति उच्च सतर्कता’ अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

वाग्मती र यसका सहायक नदीहरू विष्णुमती, धोबीखोला, मनोहरा, हनुमन्ते, गोदावरी, खोड्कु, नख्खुलगायत साना नदीमा जलसतह बढेको छ ।

वाग्मती नदीमा पानीको बहाव उच्च छ । नदी आसपासका सुकुम्बासी बस्ती डुबानको जोखिममा छन् । थापाथलीस्थित काठमाडौं–ललितपुर जोड्ने पुलमुनि तीन वटा कुकुर अलपत्र परेका छन् ।

वाग्मती नदीमा आएको भेलको बीच भागमा कुकुर अलपत्र परेका हुन् । नदीले दुई भंगाल बनाएर बगेको छ । त्यही दुई भंगालको बीच भागमा कुकुर अलपत्र परेका हुन् । दुवैतर्फको भंगालमा पानीको बहाव उच्च भएपछि त्यही अलपत्र परेका हुन् ।गएरातिदेखि नै अड्किएको आशंका गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर