Aamsanchar

बंगलादेशको जस्तै नेपालमा आन्दोलन भयो भने नेपालका नेता कता जान्छन् ?

Author Image
मङ्गलवार, साउन २२, २०८१

बङ्गलादेशले पछिल्ला दशकमा हासिल गरेको आर्थिक प्रगतिको जस सेख हसिनाले पाएकी छिन् । गत जनवरीमा सम्पन्न पछिल्लो आम चुनावको परिणाम हेर्दा ३०० सिटको संसद्मा हसिनाको दल र समर्थकले २२५ सिट जितेका थिए । यसले चुनावी परिणामलाई लोकप्रियताको मापदण्ड मानिने डेमोक्रेसीमा जनता उनकै पक्षमा धेरै रहेको देखाउँछ। यति हुँदाहुँदै पनि उनी आज देश छाडेर भाग्न बाध्य भएकी छिन्। बहुमत जनता उनको पक्षमा रहेको अवस्था हुँदाहुँदै भाग्नु पर्ने परिस्थिति निर्माण हुनुले उनले सत्ता र शक्तिको चरम दुरुपयोग गरेर चुनावी परिणाम आफ्नो पक्षमा पारेको भन्ने आलोचकको तर्कलाई पुनः पुष्टि गरेको छ। 

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिँदै देश छाडेकी छिन। यो घटना मुख्यतया विद्यार्थी आन्दोलनहरूको कारणले भएको हो, जसले सरकारी जागिरमा कोटा प्रणालीमा सुधारको माग गर्दै सुरु भएको थियो। आन्दोलन हिंसात्मक रूपमा फैलिँदै गएपछि, सरकारका दबाबपूर्ण कदमहरूको विरोधमा विद्यार्थीहरू लगायत सर्वसाधारणले व्यापक विरोध प्रदर्शन गरेका थिए। विद्यार्थीहरूको मृत्यु र सरकारी प्रतिक्रियाले स्थितिलाई झनै संवेदनशील बनायो, जसले अन्ततः हसिनाको राजीनामा सम्मको स्थिति ल्यायो।

यस्ता घटनामा भित्री कारण छैन÷हुँदैन त भन्न मिल्दैन तर पनि मुख्य कारक जनआक्रोश नै हो। त्यो आक्रोश सृजना गर्न धेरै ठूलो कारण पनि चाहिँदैन। घिनलाग्दो सत्तालिप्सा, राजनीतिको उपल्लो तप्काबाट भ्रष्टाचार, अनियमितता र विकृतिको संरक्षण अनि सत्ताको लागि अहोरात्र हुने अप्राकृतिक अभ्यास तथा सत्तामा हुँदा बाहिर हुँदाको अभिव्यक्तिमा हुने विरोधाभासबाट वाक्क जनता  पेट्रोलमा १ रुपैयाँ मूल्य बढेको निहुँमा पनि सडकमा ओर्लिन सक्छन्। नेपालमा आजभोलि चलिरहेको ठुलो कुरा नक्कली भुटानी प्रकरणमा । नेपाल यस्ता धेरै ठुलो प्रकरणमा छन्।

हाम्रो देश नेपालमा विद्यार्थीहरू, राजनीतिक पार्टीहरूको भातृ संघठनको नेता बन्दै कलेजहरुमा हुल दङ्गा र झण्डा हलाउदै फोटो खिच्न मै व्यस्त छन्। नेताहरू सङ फोटो खिच्दै फेसबुकमा हाल्दै आफुलाई ठुला नेता ठान्छन। पार्टीले निर्देशन गर्न साथ सडक तताउने काम विशेष ठान्दछ्न; अनेरास्ववियु, ने बि संघ, अखिल क्रान्तिकारी, समाजवादी, आडे गाडे सबै एकले अर्काका विरुद्ध ।
बाङ्लादेशि विद्यार्थी र सर्वसाधारणहरुले सता पल्टाउने हिम्मत र साहस राख्छ्न, र नेपाली बिद्यार्थीहरु पार्टीको बिधान, झन्डा र झोला ।
हसिनाको पलायनसँगै दक्षिण एशियामा २÷३ वर्षको अन्तरालमा सत्ता छाडेर भाग्ने शासकको संख्या ३ पुगेको छ ।

जनता कति शक्तिशाली हुन्छ भन्ने कुरा  बाङ्ग्लादेशी जनताले पन्ध्र बर्ष शासन सत्तामा रहेको सेख हसिना सरकारलाई आफ्नो देशमा बस्न नसक्ने गरि भारतको शरणमा पुगेर राजिनामा दिन लगाएको छ।प्रधानमन्त्रीको कार्यलयमा जनता पसेका छन र सेनाले सत्ता आफ्नो हातमा लिएको छ ।यसबाट नेपाली जनता र भ्रष्ट नेता र सरकारले बेलैमा पाठ नसिक्ने हो भने नेपाली जनता एक पटक उर्लनेछन र यहाँ पनि भ्रष्ट नेता र सरकारको शासन सत्ता अर्कैको हातमा पुग्ने छ छिमेकीको शरणमा बास माग्न जानुको कुनै विकल्प हाम्रा भ्रष्ट नेता र सरकारको हुने छैन बेलैमा भ्रष्ट नेता र सरकारको सदवुद्वी आहोस।
जनभावनाको अवमूल्यन र जनता भनेका केही होइनन् हामीले जे भन्दिए पनि हुन्छ भन्ने मनोविज्ञान कायम रही रह्यो भने ढाकास्थित प्रधानमन्त्री निवासमा हिजो देखिएको दृश्य काठमाडौंमा पनि ढिलो चाँडो देखिन सक्ने डर छ।

आक्रोशको आयतन बालुवाटार, सिंहदरबार, बुढानिलकण्ठ, बालकोट र खुमलटारमा भन्दा चौतारो, चिया पसल र त्रिभुवन विमानस्थलमा अनुभव गर्न सकिन्छ । त्यो आक्रोश विस्फोट भयो भने खुमलटार, बालकोट र बुढानिलकण्ठतिरका भक्तजनको प्रार्थनाले काम गर्दैन।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 3

प्रतिक्रिया (०)

सम्बन्धित खबर