Aamsanchar

इटहरी उपमहानगरले चारवटा विद्युतीय बस किन्यो

Author Image
मङ्गलवार, साउन २२, २०८१

झापा – इटहरी उपमहानगरपालिकाले चारवटा नगर बस सञ्चालनमा ल्याउने भएको छ । उपमहानगरले खरिद गरेका चारवटा विद्युतीय नगर बस इटहरी ल्याइएको छ ।

इटहरी नगरभरि सहज र सरलरूपमा यातायातको सेवा दिन विद्युतीय बस सञ्चालनमा ल्याउन लागिएको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताए ।

उनका अनुसार बस आगामी असोज १ गतेबाट सञ्चालनमा ल्याइने छ । चारवटा बसले इटहरीको चारवटै क्षेत्रलाई समेट्ने गरी सेवा दिने नगरप्रमुख पौडेलले बताए ।

बसमा जीपीएस, सीसी क्यामेरासहितका प्रविधि जडान गरिने छ ।

 

नगर बस सञ्चालनका लागि कार्यपालिका बैठकबाट वडा नम्बर ६ का वडाध्यक्ष दिवस पोख्रेलको संयोजकत्वमा समिति बनाएर काम भइरहेको छ । समितिले रुट निर्धारण गर्ने छ ।

उपमहानगरले गत फागुन ८ गते भएको सम्झौताअनुसार नेसनल फायर सेफ प्रालिबाट ६ करोड ३६ लाख ८६ हजार रुपैयाँमा बस खरिद गरेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर