

काठमाडौं – प्रदर्शनकारीहरूले अमेरिका न्युयोर्कस्थित बंगलादेशको दूतावासमा पनि प्रवेश गरेका छन् । उनीहरूले दूतावासभित्र रहेको शेख मुजिबुर रहमानको तस्बिर तोडफोड गरेका छन् ।

रहमान बंगलादेशका प्रथम राष्ट्रपति हुन् । उनलाई ´बंगलादेशका पिता` भनेर चिनिन्छ ।

प्रदर्शनकारीहरूले ´बंगलादेश जिन्दावाद` भन्दै नारा लगाएका थिए ।


प्रदर्शनले उग्ररूप लिएपछि शेख हसिना प्रधानमन्त्रीको पदबाट राजीनामा दिएर भारतको शरणमा पुगेकी छन् ।
Views: 76

