काठमाडौँ – काठमाडौँको सामाखुसीस्थित सत्कार बचत तथा ऋण सहकारीका सचिवसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ घर भएका सचिव गोबिन्द पुरी, रामेछाप घर भएका कोषाध्यक्ष महेश श्रेष्ठ र चावहिल शाखाका व्यवस्थापक तथा रामेछाप घर भएका ध्रुवराज कार्की छन् ।

सामाखुसीमा प्रधान कार्यालय रहेको सो सहकारीको न्यूरोड र चावहिलमा पनि शाखा कार्यालय छ । बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी होविन्द्र बोगटीले बताए । उनीहरुविरुद्ध प्रहरीले अदालतबाट ५ दिनको म्याद लिएको छ ।
Views: 20


