Aamsanchar

आज सुनचाँदीको भाउ

Author Image
बुधवार, साउन २३, २०८१

काठमाण्डौ – आज सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज सुनको भाउ एक हजार चार सय रुपैयाँले घटेर तोलाको एक लाख ४६ हजार तीन सय रुपैयाँ कायम भएको छ ।

हिजो पनि सुनको भाउ तोलामा दुई हजार तीन सय रुपैयाँले घटेको थियो । अस्ति सोमवार तोलाको एक लाख ५० हजार रुपैयाँ पुग्दा सुनको भाउले रेकर्ड बनाएको थियो ।

आज चाँदीको भाउ १५ रुपैयाँले घटेर तोलाको एक हजार सात सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Views: 83

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२