Aamsanchar

वराहक्षेत्र मन्दिर जाने सडक अवरुद्ध

Author Image
बुधवार, साउन २३, २०८१

वराहक्षेत्र-वराहक्षेत्र मन्दिर जाने सडकमा बुधबार बिहान पहिरो गएपछि बाटो अवरुद्ध भएको छ । १७ नम्बर भिरबाट पहिरो गएपछि बाटो अवरुद्ध भएको हो ।

वराहक्षेत्र नगरको वडा नम्बर १ क्षेत्रमा रहेकोे १७ नम्बर भिरबाट पहिरो खसेर सडक अवरुद्ध भएको वराहक्षेत्र वडा नम्बर १ का जनप्रतिनिधि कुमार भट्टराइले जानकारी दिनुभयो ।

बुधबार वराह भगवानको उत्पत्ति भएको दिनको अवसरमा वराहक्षेत्र मन्दिरमा वराह भगवानको विशेष पूजा अर्चना गर्न आउने भक्तजनहरु पहिरोले बाटो अवरुद्ध भएपछि फर्किएका छन् ।

मङ्गलबार राती वर्षा भएपछि १७ नम्बर भिरबाट पहिरो खस्दा सडक अवरुद्ध बनेको हो । सडकलाई पन्छाउने काम सुरु भइरहेको जनाइएको । १५ मिटर सडकमा पहिरो खस्दा आवतजावत बन्द भएको छ । बाटोई खुलाउन सडक डिभिजन कार्यालय विराटनगरले पहिरो पन्छाउने काम गरिरहेकोे सडक डिभिजन विराटनगकी इन्जिनीयर शीतल पराजुलीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “उक्त सडकमा आज बिहानै पहिरो गएको छ । डोजर लगाएर पहिरो हटाउने काम गरिरहेका छौं ।”

आजै दिउँसोसम्म पहिरो हटाइसकिने बताइएको छ । कलिलो चुरे पहाड भएकाले सामान्य पानी पर्दा पनि पहिरो जाने गरेको बताइन्छ । वर्षा लागेसँगै उक्त चतरा वराहक्षेत्र सडक खण्डमा १२ पटक पहिरो गइसकेको छ । सडकखण्डको कोशी पुलदेखि १७ नम्बर क्षेत्रमा बढी पहिरो जाने गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर