काठमाडौं – काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनलमा नेपाल र भारत भिडिरहेका छन्।
त्रिपुरेश्वरस्थित कभर्डहलमा जारी खेलको पहिलो सेट नेपालले जितेको छ। नेपालले पहिलो सेट २५-२३ ले जितेको हो। योसँगै नेपालले एक सेटको अग्रता बनाएको छ भने भारत दबाबमा परेको छ।
नेपालले लिग चरणमा भारतलाई ३-२ को सेटमा पराजित गरेको थियो।
प्रतियोगितामा इरान तेस्रो भएको छ। बुधबार इरानले श्रीलंकालाई २५-२२, २८-२६, २५-१७ ले पराजित गर्दै प्रतियोगितामा तेस्रो भएको हो।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
1
+1
+1
Views: 78