काठमाडौँ – सेन्ट्रल एशियन भलिबल एसोसिएशन (काभा) महिला नेशन्स लिगको उपाधि भारतले जितेको छ। पाँचौँ सेट १५-५ ले जितेर भारत काभा च्याम्पियन बनेको हो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुल परिषद् (राखेप) कभर्डहलमा भएको प्रतिस्पर्धात्मक फाइनलमा भारतले ३-२ सेटमा नेपाललाई पराजित गर्दै उपाधि जितेको हो।
२-१ सेटले अगाडि रहेको नेपाल फेरि भारतलाई फाइनलमा पराजित गर्नबाट चुकेको हो। लिग चरणको खेलमा भने नेपालले भारतलाई ३-२ सेटमा पराजित गरेको थियो।
नेपालले पहिलो सेट २५-२३ ले जितेको थियो। भारतले अग्रता लिएको पहिलो सेटमा अन्त्यतिर २०-२३ ले पछि परेको अवस्थामा नेपालले लगातार ५ अंक जोड्दै सेटमा आफ्नो कब्जा जमायो।
दोस्रो सेट भने भारतले कमब्याक गर्दै २५-१४ को फराकिलो अन्तरले जित्यो।
प्रतिस्पर्धात्मक तेस्रो सेट भने नेपालले २५-२२ ले जितेर २-१ को अग्रता लिएको थियो।
फेरि प्रतिस्पर्धात्मक चौथो सेट २५-२१ बाट भारतले जितेर खेल २-२ को बराबरीमा ल्यायो।
यसअघि भएको खेलमा इरानले सोझो सेटमा श्रीलंकालाई पराजित गर्दै प्रतियोगितामा तेस्रो भयो।
सेमिफाइनलमा नेपालले इरान र भारतले श्रीलंकालाई समान ३(० को सेटमा पराजित गरेका थिए।