विराटनगर – विराटनगरस्थित लाइफगार्ड अस्पतालमा आगलागी भएको छ । प्रहरीका अनुसार अस्पतालको आईसीयू कक्षमा आइतबार दिउँसो आगलागी भएको हो ।
अस्पतालका प्रशासन प्रमुख निरज श्रेष्ठले दिउँसो ३ बजेतिर एक्कासि आगलागी सुरु भएको र समाचार तयार पार्दा सम्म नियन्त्रणको प्रयास भइरहेको जानकारी दिए ।
आगलागी नियन्त्रणमा लिन विराटनगर महानगरसहितका पालिकाबाट आएका दमकल परिचालन गरिएको श्रेष्ठले जनाए । उनका अनुसार, ´आईसीयूमा बिरामी भने थिएनन् ।`
अन्य वार्डका बिरामी र कुरुवाहरू सुरक्षित रहेको बताइएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अस्पताल प्रशासनको भनाइ छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 70