Aamsanchar

एकै परिवारका ३ बालबालिकाको मृ*त्यु, माछाभात खाएर सुते थिए

Author Image
सोमवार, साउन २८, २०८१

काठमाडौं –  बारामा एकै परिवारका ३ बालबालिकाको मृत्यु भएको छ।

फुड पोइजनका कारण सिम्रौनगढ नगरपालिका झवानी गाउँका तीन बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । गएराति माछाभात खाएर सुतेका झवानी गाउँका नरेश रामचमारको तीन नाबालक छोराछोरीको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता डीएसपी प्रकाश सापकोटाले जानकारी दिए।

मृत्यु हुनेमा ९ वर्ष कि लालीमा राम, ७ वर्ष कि पुष्पा राम तथा ५ वर्षका कृष्णनन्दन रहेका छन् । उनीहरुले गाउँकै पोखरीबाट माछा ल्याएर खाएका थिए।

मृतक तीनैजना बालबालिकाको शव पोस्टमार्टमपछि आफन्तलाई बुझाइएको डीएसपी सापकोटाले जानकारी दिए। घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर