हिन्दु अधिराज्य र हिन्दु राष्ट्रको माग गर्ने सबैजसो शिर्ष नेता र अभियन्ताहरू पुगिसक्दा पनि पुर्व राजा शाह र अध्यक्ष थापा भने अझै पुगेका छैनन् । जबकी, उनीहरू दुवैलाइ आयोजकले निम्तो पठाएका थिए ।
पुर्व राजा शाह र अध्यक्ष थापा हिन्दु अधिराज्यका लागि लागिपरेका छन् तर पशुपतिनाथको कोटीहोममा नपुगे पछि भक्तजन र उनीहरूका समर्थकहरू निराश भएको जनाइएको छ ।
‘धेरै जसो आइसक्नु भएको छ, पुर्व राजा र कमल थापालाइ पनि निम्तो त हामीले पठाएका थियौं, उहाँहरू भने अझै आइपुग्नु भएको छैन्’, कोटी होम प्रचार बिभाग प्रमुख राजानन्द माण्डब्यले भने, ‘सायद फुर्सद नभएर हुन सक्छ, त्यसमाथी अझै २–३ बाँकी रहेको छ, सायद आउनुहोला ।’
साउन १ देखी सुरू भएको सो कोटीहोम मानव सेवा आश्रम निर्माणलगायतका उदेश्यसहित गरिएको हो । जहाँ आचार्य कृष्ण दमाइ, राधिका दासी, देवी प्रतिभा, देवी चन्द्रकला सखीलगायतले प्रवचन दिएका थिए ।