धादिङ- पोखराबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको हेलिकोप्टर धादिङमा आकस्मिक अवतरण गरिएको छ ।
ठूलो पानी परेको र बादलले गर्दा मौसममा खराबीका आएका कारण धादिङको थाक्रे गाउँपालिका–७, आठकिलो भन्ने ठाउँमा सुरक्षित अवतरण गराएको हो ।
पोखराको मणिपाल अस्पतालबाट दमको बिरामी बोकेर काठमाडौं आउँदै गरेको कैलास हेलिकोप्टर सर्भिसेजको नाइन एन–ए.एम.एल हेलिकोप्टर खाली चौरमा अवतरण गरिएको थाक्रे गाउँपालिका–७ का वडाध्यक्ष युवराज खतिवडाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले खराब मौसमका कारण काठमाडौंतर्फ जान जोखिम देखिएपछि पाइलटले सुरक्षित ठाउँमा अवतरण गराएको जानकारी प्राप्त भएको जनाए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
1
+1
+1
Views: 22