सङखुवासभा – सङखुवासभाको अरुण नदीमा जलसतह बढेको छ । रातभर परेको पानीले अरुण नदीमा जलसतह बढेपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको हो ।
साथै, निरन्तरको वर्षाले मकालु गाउँपालिकाको फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको बाँध भरिएर पानी बगेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । स्थानीय प्रशासनले खोला, नदीमा जलसतह बढेको अवस्थामा स्थानीय प्रशासन वा नजिकको प्रहरीमा जानकारी गराउन पनि आग्रह गरेको छ ।
अहिले कोशी, नारायणी, कर्णाली, महाकाली र महाकालीको सहायक नदी तथा कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीमा जलसतह सतर्कता तहभन्दा तलै रहेको छ । तर यी नदीमा पानी सतर्कता तह नजिक रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाको आग्रह छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
+1
+1
+1
+1
+1
Views: 61