Aamsanchar

व्यवसायीद्वारा उपमहानगरको गेटमा धर्ना

Author Image
बुधवार, साउन ३०, २०८१

हेटौंडा – मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा जिल्लास्थित १६ वटा विषयगत व्यवसायिक संस्थाका व्यवसायी कर वृद्धिको विरोधमा आन्दोलित भएका छन् ।

हेटौंडा बजारमा विरोध र्‍याली निकाल्दै व्यवसायीहरुले कर वृद्धिको निर्णय फिर्ताको मागसहित हेटौंडा उपमहानगरपालिकाको गेटमा धर्ना दिएका हुन् ।धर्नासहितका आन्दोलनमा निर्माण व्यवसायी संघ, जिल्ला सहकारी संघलगायतका व्यवसायिक संस्थाले एक्यवद्धता जनाएका छन् ।

गत आइतबार कर वृद्धि गरेको विरोधमा मकवानपुर उद्योग वाणिज्य संघले आन्दोलनको घोषणा गरेको थियो । व्यवसायीहरुले कर वृद्धिको निर्णय फिर्ता लिनुपर्ने एक सुत्रीय माग अघि सारेका छन् ।कोण सभालाई सम्बोधन गर्दै संघका अध्यक्ष कृष्ण गुप्ताले आर्थिक मन्दीका कारण समस्यामा परेका व्यवसायीलाई ढाड सेक्ने गरी गरिएको कर वृद्धि स्वीकार नहुने बताए ।विज्ञापान करसहितका अन्य करको दरमा १५० प्रतिशतसम्म बढाएको भन्दै उनले निर्णय खारेज नगरेसम्म आन्दोलनमा होमिने उनले चेतावनी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर