Aamsanchar

थप पाँच प्रदेशका अस्पतालबाट क्यान्सरसम्बन्धी विशेषज्ञ सेवा, कोसी प्रदेशमा विराटनगर अस्पताल

Author Image
बुधवार, साउन ३०, २०८१

काठमाडौं –  थप पाँच प्रदेशका सरकारी अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार थप पाँच प्रदेशमा सेवा विस्तार गर्ने गरी कार्यविधि स्वीकृत गरेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्यान्सरका बिरामीलाई राहत हुनेगरी कार्यविधि स्वीकृत गरेको जानकारी दिएका छन् ।

चितवनको भरतपुर क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल तथा नेपालगञ्जको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले अब अन्य प्रदेशमा विस्तारित क्यान्सर उपचार सेवा उपलब्ध गराउने भएका छन् ।

कार्यविधिअनुसार भक्तपुर क्यान्सर अस्पतालले कोसी प्रदेशमा विराटनगर अस्पताल र मधेस प्रदेशमा नारायणी अस्पताल वीरगञ्जबाट विशेषज्ञ सेवा प्रवाह गर्नेछन् ।

यस्तै, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णालीको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिमको धनगढीस्थित सेती प्रादेशिक अस्पतालबाट सेवा दिने कार्यविधिमा उल्लेख छ ।

यसअघि प्रदेश तहमा संघअन्तर्गतका तीनवटा सरकारी अस्पतालबाट मात्रै क्यान्सरसम्बन्धी विशेषज्ञ सेवा प्रवाह हुँदै आएको थियो । योसँगै अब सातवटै प्रदेशमा क्यान्सर उपचारसम्बन्धी सेवा उपलब्ध हुने भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 17

प्रतिक्रिया (०)

सम्बन्धित खबर