Aamsanchar

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आगामी भदौ २८ गते

Author Image
बुधवार, साउन ३०, २०८१

काठमाडौँ – २१औँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आगामी भदौ २८ गते हुने भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च ९एनएसजेएफ०ले बुधवार एक कार्यक्रममा अवार्डको मिति घोषणा गरेको हो।

मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको अवार्डमा नेपाली खेलकुदमा वर्षभरि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीसहित प्रशिक्षक र खेलकर्मीलाई सम्मान गरिन्छ।

एनएसजेएफले अवार्ड कार्यक्रमसँगै एशियाली खेलकुद पत्रकार महासङ्घ ९एआईपीएस एशिया० को कंग्रेस पनि आयोजना गर्ने भएको छ। स्पोर्ट्स अवार्डको पूर्वसंन्ध्यामा एआईपीएस एशिया कंग्रेस पनि आयोजना गरिने र भदौ २५ देखि २८ गतेसम्म हुने एनएसजेएफले जनाएको छ।

एनएसजेएफ एआईपीएस एशियाको सदस्य हो।​ कंग्रेसमा एशियाका ३३ देशका खेलकुद पत्रकार सहभागी हुनेछन्।

अवार्डको मुख्य प्रायोजक यसपल्ट पनि गोल्छा ग्रुपको बजाज पल्सर मोटरसाइकल रहेको छ। प्रायोजनसम्बन्धी सम्झौता पत्रमा बुधवार गोल्छा ग्रुपका प्रबन्ध निर्देशक अभिमन्यु गोल्छा र एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुवेदीले हस्ताक्षर गरे।

यसवर्ष अवार्डमा वर्षका उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेशल अवार्ड, टिम अफ दि एयर, लाइफटाइम एचिभमेन्ट, एशियन स्पोर्ट्स जर्नलिस्ट अवार्ड गरी १० विधा समावेश गरिएको छ।

वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइसको मनोनयन छिट्टै सार्वजनिक गरिने जानकारी मञ्चले कार्यक्रममा दिएको छ।

टिम अफ दि इयर, लाइफटाइम अचिभमेन्ट, स्पेशल, पारा एथलिट र एशियन स्पोर्ट्स जर्नलिस्ट अवार्ड विधामा मनोनयन हुने छैन। सम्पूर्ण विजेताको घोषणा अवार्ड कार्यक्रमकै दिन गरिने जानकारी एनएसजेएफले दिएको छ।

वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा खेलाडी गरी ५ विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ। अन्य विधाका विजेतालाई नगद १ लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 71

प्रतिक्रिया (०)