Aamsanchar

सम्मानित भए सशस्त्रका ३ महिला भलिबल खेलाडी, बढुवा भइन् निरुता

Author Image
बुधवार, साउन ३०, २०८१

काठमाडौँ – ‘काभा वुमन्स भलिबल नेसन्स लिग–२०२४’ मा सहभागी भएका नेपाल एपीएफ क्लबका तीन जना महिला भलिबल खेलाडी सम्मानित भएका छन्।

सशस्त्र प्रहरीको प्रधान कार्यालय हलचोकमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले महिला भलिबल खेलाडीत्रय सशस्त्र प्रहरी सहायक हवल्दार सरस्वती चौधरी, निरुता ठगुन्ना र सशस्त्र प्रहरी जवान कविता भट्ट छन्।

महानिरीक्षक अर्यालले लामो समयदेखि नेपाल एपीएफ क्लवमा आबद्ध रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताहरुमा सहभागी उनीहरुले उत्कृष्ट खेल प्रदर्शन गरी देश र संगठनको छवी उच्च राख्न खेलेको योगदानको कदर गर्दै उनीहरुलाई नगद पुरस्कारसहित सम्मान गरेका हुन्।

उक्त लिग यही साउन १७ देखि २३ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सम्पन्न भएको थियो। उक्त लिग तथा अन्य भलिबल प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शन गर्दै आएकी निरुता ठगुन्नालाई सशस्त्र प्रहरी जवानबाट सशस्त्र प्रहरी सहायक हवल्दार पदमा बढुवा गरिएको छ।

बढुवा भएकी ठगुन्नालाई सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारिरीक सुगठन शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक रमेशकुमार पाण्डेले आजै दज्र्यानी चिह्न प्रदान गरे।

सरस्वती चौधरी यसअघि नै सशस्त्र प्रहरी जवानबाट सशस्त्र प्रहरी सहायक हवल्दार पदमा पदोन्नति भएकी थिइन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 59

प्रतिक्रिया (०)