Aamsanchar

३ करोड २१ लाख बजेटमा बिर्तामोड हर्कलाल मार्ग स्तरोन्नति सुरु हुने

Author Image
बिहिवार, साउन ३१, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिकाको हर्कलाल मार्ग स्तरोन्नति गर्ने कार्यलाई अघि बढाउने भएको छ । गएको आर्थिक वर्षमा गरेर बाँकी रहेको भागमा सडक स्तरोन्नति कार्यलाई अघि बढाइन लागिएको हो ।

सघन शहरी विकास कार्यालयको १ करोड ५० लाख र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको १ करोड ७१ लाख रुपैयाँ गरी जम्मा ३ करोड २१ लाख रुपैयाँको बजेटमा सडक स्तरोन्नति गर्न लागिएको नगर प्रमुख पवित्रा महतरा पसाईले जानकारी दिइन । नगर प्रमुख प्रसाईँले सङ्घ, प्रदेश र नगरको बजेटमा प्राथमिकताको आधारमा सडक स्तरोन्नति गर्ने कार्य धमाधम भइरहेको बताइन ।

आनन्दचोकसम्मको १ हजार ५६ मिटर सडक गएको आर्थिक वर्षमा नै स्तरोन्नति भइसकेको छ । पूर्वाधार विकास कार्यालयको ४ करोड ६१ लाख ४१ हजार रुपैयाँ (भ्याटसहित) को लागतमा स्तरोन्नति गरिएको हो । सडक डिभिजन कार्यालय दमकका इन्जिनियर किरण श्रेष्ठले अहिले लागत स्टिमेट गर्नेकार्य धमाधम भइरहेकोले भदौको पहिलो हप्तासम्ममा ठेक्का लगाउने बताए ।

हर्कलाल मार्गको अब करिब २ किलोमिटर सडक ड्रेन सहितको स्तरोन्नति गर्न बाँकी छ । वडा नम्बर ४ का वडाअध्यक्ष राहुल कुमार शर्माले सडक स्तरोन्नति भएपछि भत्किएको सडकमा वर्षौदेखि यात्रा गरिरहेका स्थानीयलाई राहत मिल्ने बताए । उनलेले सडक निर्माणका क्रममा आवश्यक सहजीकरण गर्न स्थानीय उपभोक्ताहरूलाई आग्रह गरे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 24

प्रतिक्रिया (०)