Aamsanchar

गठ्ठाघर दुर्घटनाका मृतक दोलखा घर भएकी २३ वर्षकी सुष्मा

Author Image
बिहिवार, साउन ३१, २०८१

काठमाडौँ – भक्तपुरको गठ्ठाघरमा आज ना ६ ख २१७३ नम्बरको ट्रकले ट्राफिक जाँचमा रहेको बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएकी स्कुटर चालकको परिचल खुलेको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा दोलखाको मेलुङ(४ घर भई हाल काठमाडौँको बागबजार बस्ने २३ वर्षकी सुष्मा नेपाली रहेकी छिन्। ट्रक चालक भने फरार भएका छन्।

प्रत्यक्षदर्शीका अनुसार कौशलटारबाट गठ्ठाघरतर्फ गइरहेको ट्रकले ट्राफिक जाँचमा रोकिराखेको स्कुटरलाई ठक्क दिँदा स्कुटर चालकको घट्नास्थलमै मृत्यु भएको हो।

तीव्र गतिको ट्रकले करिब एक सय परसम्म स्कुटरलाई घिसारेको प्रत्यक्षदर्शीले बताएका छन्। स्कुटर चालकको शरीर क्षतविक्षत भएको छ। घटनास्थलमा उनको झोला र किताब–कापी भेटिएका छन्।

दुर्घटनापछि आक्रोशित भीडले ट्रकमा तोडफोड गरेका छन्। स्थानीय आन्दोलित भएपछि भक्तपुर–कोटेश्वर सडकखण्ड र सानोठिमी–जडीबुटी–पेप्सीकोला सडकमा यातायात ठप्प भएको प्रहरीले जनाएको छ।

अहिले शव उठाइएको छ भने ट्रकलाई पनि घटनास्थलबाट बाहिर निकालिएको छ। आक्रोसित भीडले नजिकैको ट्राफिक आइल्याण्डमा पनि क्षति पुर्याएका छन्। जलाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
2
Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर