काठमाडौँ – बलात्कार तथा मानव बेचबिखन मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले काठमाडौँको अनामनगरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर घर भएका ३४ वर्षीय दीपककुमार बस्नेत उर्फ पारस छन् ।उनीबिरुद्ध अदालतले १२ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी होविन्द्र बोगटीले बताए ।
प्रतिवादीले पीडित महिलालाई विवाह गर्ने प्रलोभन देखाएर बलात्कार गरेर भारतमा बेच्ने प्रयास गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । पीडित महिलालाई भारततर्फ बेच्न लैजाँदै गरेको भेटेपछि साना हात नेपाल नामको सामाजिक संस्थाले उनको उद्धार गरेको थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
1
+1
+1
+1
Views: 77